
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डब्लुएचओमा नेपालका तर्फबाट विशेष प्रस्ताव लैजाने तयारी भइरहेका बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाले काठमाडौंको अनामनगरमा आइतबार आयोजना गरेको वृहत स्वास्थ्य शिविरमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले पत्रकारको स्वास्थ्यप्रति आफू संवेदनशिल भएको र पत्रकारहरुको उपचारका लागि मन्त्रालयबाट गर्न सक्ने कार्यका लागि गृहकार भइरहेको बताए । उनले त्यसका लागि पत्रकार महासंघलाई नेपाली पत्रकारहरुको एकिन तथ्यांक उपलब्ध गराइदिन समेत आग्रह गरे ।
कार्यक्रमा बोल्दै मन्त्री पौडेलले “विदेशमा काम गर्ने नेपाली श्रमिकहरुको किड्नीको उपचार खर्च सम्बन्धित देशले व्यहोर्ने गरी नेपालले डब्लुएचओमा प्रस्ताव लाने तयारी गरेको” जानकारी गारए । उनले नेपालको यस किसिमको प्रस्तावमा भारत, बंगलादेश लगायत अन्यु मुलुकहरुको समेत समर्थन रहने अपेक्षा रहेको व्यक्त गरे ।
आज विहान १० बजेदेखि सञ्चालन भएको स्वास्थ्य शिविरमा पत्रकारदेखि सर्वसाधारणले सेवा लिइरहेका छन् । शिविर अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया