२०८२ जेष्ठ १९

ललितपुर । आज साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बजेट भाषण पश्चात् क्रमिक रुपमा बढिरहेको सुनको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँका दरले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतीतोला ५ रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९८५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया