२०८२ जेष्ठ १९

ललितपुर । अहिले नेपाली बजारमा पाकेको केराको होलसेल मूल्य नै दर्जनको १५० भन्दा माथि पुगेको छ । अब बजारमा खुद्रा बिक्री पनि सोही अनुसार बढेको छ । कालीमाटी तराकारी तथा फलफूल बजार विकास समितिकाअनुसार सोमबार केराको थोक मूल्य नै १५० भन्दा माथि पुगेको छ ।
होलसेलमै महँगो परेपछि खुद्रा बजारमा व्यापारीले एक दर्जनको केरा २०० रुपैयाँ सम्म बेच्ने गरेका छन् ।
केरामा डाइटरी फाइबर, भिटामिन र मिनरल्स पाइन्छ । यसमा एन्थोसायनिन्स, क्यारोटीनोइड्स, ट्रिप्टोफान र डेल्फिनिडिन जस्ता विभिन्न फाइटोकेमिकल्स पनि पाइन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया