ललितपुर - ललितपुर । सत्तारुढ दुईदल नेपाली कांग्रेस र एमाले तथा प्रमुख प्रतिपक्षीदल नेकपा मओवादी केन्द्रका शीर्ष नेताको आजको बैठक बैठक विना निष्कर्ष सकिए पछि मंगलवार बस्ने संसद बैठकको अबरोध कायम रहने देखिएको छ ।
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार भएको बैठकमा संसदको गतिरोध कसरी हल गर्ने र अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा बसेको आजको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट प्रतिपक्षी दल पछि नहटेपछि बैठकमा सहमति जुट्न नसकेको हो ।
मङ्गलबारबाट संसद्मा बजेटमाथि छलफल गर्ने कार्यसूची छ । बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमो आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका थिए । संसद् बैठकमा माओवादीसहित प्रतिपक्षी दलहरुले निरन्तर अवरोध गर्दै गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।

बिजनेस पाटी