२०८२ जेष्ठ २०

ललितपुर । केही दिनदेखि उकालो लागिरहेको सुनको मुल्यमा आज उल्लेख्य वृद्धि भएको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै बढेको छ।
आज एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । आज चाँदी प्रतीतोला ५५ रुपैयाँले बढेको हो । मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९९० रुपैयाँ खरिदबिक्री भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया