२०८२ भाद्र ७ | Aug 23, 2025

चिनी र सख्खरमा सरकारले घटायो भन्सार महशुल, अब मूल्य पनि घट्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २०

ललितपुर । सरकारले चिनी र सख्खरमा १५ प्रतिशत भन्सार महशुल घटाएको छ । यसअघि चिनीमा ३० प्रतिशत भन्सार महशुल लाग्दै आएकोमा सरकारले यो दरलाई घटाएर १५ प्रतिशतमा झारिदिएको छ । यससँग अब बजारमा चिनीको मूल्य घट्ने देखिएको हो । हाल बजारमा चिनीको खुद्रा मुल्य प्रतिकेजी एकसय १० सम्म पर्ने गरेको छ ।
यसअघि सरकारले स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्ने भन्दै आयात हुने चिनीमा भन्सार बढाएको थियो।

यससँगै सरकारले सुर्ती, सुपारी, बियर वाइन लगायतका सामानको पनि भन्सार महसुल घटाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटसँगै किसमिसमा लाग्दै आएको १५ प्रतिशत भन्सार महशुललाई ५ प्रतिशतले घटाएर १० प्रतिशतमा झारेको छ । भने सख्खर वा चिनीमा लाग्दै आएको ३० प्रतिशतबाट महशुललाई पनि १५ प्रतिशत कायम गरेको छ ।

सूर्तीरहित सुपारी (प्रतिकेजी), इनर्जी ड्रिङ्क्स (प्रतिलिटर), बदाम मिल्क सेक (प्रतिलिटर)मा लाग्दै आएको १०० प्रतिशत भन्सार महशुल पनि घटाएर ४० प्रतिशतमा झारेको छ ।

यस्तै बियर (प्रतिलिटर), २०० प्रतिशतबाट ८० प्रतिशतमा झारेको छ भने वाइन (प्रतिलिटर) ३०० प्रतिशतबाट ८० प्रतिशतमा झारिएको छ ।

यसैगरी छ्याङ (प्रतिलिटर), क्याम्पेन वा साइडर ४० प्रतिशतबाट ८० प्रतिशतमा, ८० प्रतिशत भन्दा बढी अल्कोहल भएको मदिरा (प्रतिलिटर) ६० बाट ३० प्रतिशतमा झारिएको छ भने मदिरा कच्चापदार्थ (प्रतिलिटर) १५०० बाट ८० प्रतिशतमा झारिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया