२०८२ भाद्र ७ | Aug 23, 2025

प्रतिनिधिसभाको बैठक तीन घण्टाको लागि स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २०

काठमाडौँ । सूचना टाँसेर आजको प्रतिनिधिसभाको बैठक तीन घण्टाको लागि स्थगित गरिएको छ । सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति जुट्न नसकेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो एक बजे सूचना टाँसेर दुई बजेसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ ।

बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग कायमै राखेका छन् । यसअघि बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

samsad

फेसबुकबाट तपाईको प्रतिक्रिया