
ललितपुर । प्रतिनिधिसभाको मङ्गलबारका लागि तय भएको बैठक सूचना टाँस गरेर भोलि १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो बस्ने गरी बैठक स्थगित गरिएको हो । विपक्षी दलहरु भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट पछाडी नहटेपछि स्थगित गरिएको हो ।
विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध गर्दै आएका छन् ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेको प्रस्तावमा प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो विषय विगतदेखि हुँदै आएको पाइएकाले गहिरोसँग अनुसन्धान हुनुपर्ने बताए । महामन्त्री शर्माले अहिले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको टिप्पणी गर्दै अहिले गृहमन्त्रीमाथि कुनै उजुरी नै नपरेको दाबी गरे । उनले अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने पद छाड्नु पर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया