२०८२ भाद्र ६ | Aug 22, 2025

पेरिस संग्रहालयबाट म्याक्रोनको मैनको मूर्ति चोरी

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २१

पेरिस । ग्रीनपिस नामक एक विश्वव्यापी अभियानका कार्यकर्ताहरूले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको मैनको मूर्ति संग्रहालयबाट चोरेर पेरिसस्थित रूसी दूतावास बाहिर राखेका छन् ।

रूस र फ्रान्सबीचको निरन्तर व्यापारिक सम्बन्ध र म्याक्रोनको जलवायु नीतिहरूको विरोध गर्दै उनीहरूले यसो गरेका हुन् । ग्रीनपिसले जारी गरेको एक विज्ञप्तिअनुसार कार्यकर्ताहरूले सोमबार स्थानीय समयअनुसार बिहान १०ः३० बजे मध्य पेरिसको ग्रिभिन संग्रहालयबाट म्याक्रोनको मैनको मूर्ति निकालेर लगेका हुन् ।

‘उनले रूससँगको फ्रान्सेली सम्झौताहरू समाप्त नगरेसम्म र युरोपभरि महत्वाकांक्षी र दिगो पारिस्थितिक संक्रमण सुरु नगरेसम्म उनी यस विश्व–प्रसिद्ध सांस्कृतिक संस्थामा प्रदर्शन गर्न योग्य छैनन्’, विज्ञप्तिमा भनिएको छ ।

कार्यकर्ताहरूले मूर्तिलाई फ्रान्सेली राजधानीको पश्चिममा रहेको रूसी दूतावासमा लगे । त्यहाँ उनीहरूले ग्यास, आणविक ऊर्जा र रासायनिक मल जस्ता क्षेत्रमा मस्कोसँग निरन्तर व्यापारको निन्दा गर्ने ब्यानरहरू प्रदर्शन गरे । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया