२०८२ जेष्ठ २१

ललितपुर । केही दिनदेखि नेपाली बजारमा निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको छ । मंगलबार मात्र तोलामा २९०० ले बढेको सुन आज बुधबार पनि प्रतितोला ५०० रुपैयाँका दरले बढेको हो ।
जेठ १६ गतेदेखि निरन्तर रुपमा बढिरहेको सुनको मूल्य तत्काल भने घट्ने देखिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि उल्लेख्य रुपमा बढेको छ । आज चाँदी प्रतीतोला ३० रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतीतोला दुई हजार ४५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया