२०८२ भाद्र ६ | Aug 22, 2025

सत्तापक्ष र विपक्षी दलले अडान नछाडेपछि सदन सञ्चालनबारे प्रमुख सचेतकसँगको छलफल निष्कर्षविहीन

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २१

ललितपुर । सत्तापक्ष र विपक्षी दलले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले सदन सञ्चालनबारे प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेका छन् ।
प्रतिनिधिसभाको बैठकपूर्व सभामुख घिमिरेले सदन अवरोधबारे प्रमुख सचेतकसँग छलफल गरेका थिए ।

आज दिउँसो १ बजेको लागि बोलाएको प्रतिनिधिसभाको बैठक अझै सुरू हुन सकेको छैन । हिजो पनि सहमति नहुँदा आजसम्मको लागि स्थगित गरिएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया