२०८२ आश्विन १६ | Oct 02, 2025

अग्निप्रसाद सापकोटाविरुद्ध अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुल्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २१
|
51 views

ललितपुर । सर्वोच्च अदालतको संवैधानिक इजलासले आज उत्प्रेषण आदेश जारी गरे संगै पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

१२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आएको यो आदेश पछि सापकोटासहित पूर्वऊर्जामन्त्री एवं काभ्रे १ का माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान हुने भएको हो ।

माओवादी द्वन्द्वकालमा २०६२ साल वैशाख १६ गते काभ्रेको श्रीकृष्ण माविबाट अर्जुन लामालाई अपहरण गरिएको थियो । असारको दोस्रो उनको हत्या गरेर शव गाडिएको अवस्थामा फेला परेको थियो ।

यसअघि २०६५ सालमा प्रचण्ड सरकारले सापकोटामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो । त्यस्तै २०६९ मा बाबुराम भट्टराईको सरकारले काभ्रे प्रहरीलाई मुद्दा मुल्तबीमा राख्न आदेश दिएको थियो । संवैधानिक इजलासमा हेर्दा हेर्दैमा रहेको सो मुद्दामाथिको सुनुवाइ आज सकिएसँगै आदेश आएको हो ।

 

 

सापकोटालाई काभ्रेका लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा, कनकमणि दिक्षित र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए । २ रिट भने भने खारेज भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया