२०८२ आश्विन १६ | Oct 02, 2025

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २२
|
51 views

ललितपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपाल विरुद्ध विहीबार मुद्दा दर्ता भएको अख्तियार उच्च स्रोतले बताएको छ ।

अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा नेपाल विरुद्धम विशेष अदालतमा मुद्दा पेश गरेको हो । नेपालको इतिहासमा पहिलोपटक प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको समेत यो पहिलोपटक हो ।

यसअघि पतञ्जलि योगपीठको जग्गा अनियमिततामाथि अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसँग बयान लिएको थियो । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया