२०८२ जेष्ठ २२

ललितपुर । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसंग चलिरहेको र वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।
बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने दाबी गरे ।
उनले कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको पनि दाबी गरे । देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया