२०८२ जेष्ठ २३

काठमाडौँ । आज साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । साताभर उकालो लागेको सुनको मूल्य शुक्रबार भने स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया