
ललितपुर । प्रम्ख प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुलाई उनले शुक्रबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदै अख्तियार नीतिगत निर्णयको विषयमा प्रवेश गरेको भन्दै यसले प्रश्न उठेको उनले बताए । उनले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भएको के हो भन्दै आफूलाई फोन गरेपछि आफू आश्चर्यमा परेको पनि बताए ।
२०६४ सालदेखिका सबै प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन होस् भन्ने आफूहरूले चाहेको उनको भनाइ छ ।
गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष तयार भएको पनि उनले जानकारी दिएका छन् ।
शुक्रबार संसद् भवन नयाँ वानेश्वरमा भएको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरेबिच भएको छलफलमा कांग्रेस नेताहरू छानबिन प्रक्रिया अगाडि बढाउन सहमत देखिएको उनले जानकारी दिएका हुन् ।
प्रचण्डले प्रतिपक्षी दलहरूले छानबिनको भरपर्दो सरकारको प्रतिबद्धता आएमा आफूहरू संसद्को अवरोध हटाउन सकारात्मक रहेको जानकारी सत्तापक्षलाई दिएको पनि जानकारी दिए । प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल कांग्रेसका सभापति र देउवा ‘प्रचण्ड’बिच छलफल हुने भएको छ । प्रतिपक्षी दलहरूको शुक्रबार संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठकले संसद्को गतिरोध अन्त्यका कांग्रेस सभापति देउवासँग प्रचण्डले छलफल गर्ने निर्णय गरेको थियो ।
यसैबीच नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारले विभिन्न बहानामा प्रमुख प्रतिपक्ष दलका नेतामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी प्रतिपक्ष दलका नेतालाई छानीछानी बदलाभाव देखाएको उनको दाबी छ ।
शुक्रबार संवाद डबलीलले काठमाडौंमा आयोजना गरेको अन्र्तक्रियामा सरकारले सत्तापक्षीय नेताहरुमाथि प्रश्न उठ्दा भने सरकारले संरक्षण दिएको बताएका हुन् । महासचिव गुरुङले पार्टीका उपाध्यक्ष अग्नी सापकोटा र नेता सूर्यमान दोङलगायतमाथि लगाइएको मुद्दालाई नियमित अदालतले भन्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट सुल्झाउनुपर्ने धारणा राखेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया