अमेरिकाले फर्कायो थप ५० नेपाली, ४ बजे काठमाडौँ आइपुग्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २५
|
1.6k views

ललितपुर - ललितपुर । अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका थप ५० जना नेपालीलाई अमेरिकाले नेपाल फर्काइदिएको छ । यसपटक ५० जना नेपालीलाई चार्टर्ड विमान मार्फत अमेरिकाले फिर्ता पठाएको हो । नेपाली समयअनुसार आज दिउँसो ४ बजे बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छ ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेसँग विभिन्न देशबाट अवैध रुपमा अमेरिकामा बसोबास गर्दै आएकाहरुलाई ट्रप्प प्रशासनले धमाधम स्वदेश फिर्ता पठाइरहेको छ । ट्रम्पले अमेरिकामा आप्रवासन नीति लागु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू समेत धमाधम निष्कासनमा पर्न थालेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले यसैगरी डिपोर्ट गरेको थियो ।

      यसअघि नै अमेरिकाबाट डिपोर्ट भएका नेपालीको संख्या १०० पुगिसकेको छ । आज पनि ५० जनाको संख्यामा अमेरिकाबाट नेपालीहरु स्वदेश फर्काइँदै छ ।

       पात्रो/राशिफल  रेडियो YouTube