२०८२ फाल्गुन ६ | Feb 18, 2026

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा कोशी प्रदेशमा बृक्षारोपण सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २५
|
510 views

ललितपुर । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २५ गते आइतबार विराटनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवस २०२५को अवसर पारेर बैंकले बृहत बृक्षारोपण कार्यक्रम गरेको हो । बैंकद्वारा विराटनगरको विश्वकर्मा चोक–८ मा एक सयभन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड “बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको यस बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया