२०८२ भाद्र ६ | Aug 22, 2025

प्रतिनिधिसभाको आजका लागि बोलाईएको बैठक बस्ने नबस्ने अन्यौल : प्रतिपक्षीले असहयोग गरे विरोधकाबीच संसद सञ्चालन गर्ने तयारीमा सत्तापक्ष

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २५

ल्लितपुर । प्रतिनिधिसभा बैठकको अवरोध खुलाउनका लागि सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न नसके पछि आजका लागि बोलाईएको बैठक बस्ने नबस्ने अन्यौल छ ।
बैठकमा सभामुख घिमिरेल संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका थिए ।

छलफलमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए यद्यपी प्रतिपक्षीले विरोध जनाए पनि प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालन गर्ने तयारीमा सत्तापक्ष पुगेका छन् ।

किांग्रेस प्रमुख सचेत श्याम घिमिरेले प्रतिपक्षीले सहयोग गरे सहज ढंगले अघि बढ्ने तर असहयोग गरे विरोधकाबीच संसद सुचारु हुने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया