२०८२ जेष्ठ २५

ललितपुर । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट्ट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता गरीएको छ ।
होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।
यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा अब होटल कोठामा १५ प्रतिशत छुट् , खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट् प्राप्त गर्नेछन् ।
यी अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो म्ल्यमा लिन सहयोग गर्नेछ । जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जो कोहीका लागि उपयुक्त गन्तव्य हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया