२०८२ जेष्ठ २५

ललितपुर । सदनको अबरोध हटाउने बिषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूबिचको छलफल विना निष्कर्ष सकिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की तथा माओवादीका तर्फबाट उपमहासचिवद्वय वर्षमान पुन र शक्तिबहादुर बस्नेत तथा प्रमुख सचेतक हितराज पाण्डे बीच छलफल भएको थियो ।
यस अघि विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म संसद्को अवरोध नहटाउने निष्कर्षमा निकालेको थियो ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार भएको छलफलबारे जानकारी गराएका थिए ।
‘
फेसबुकबाट तपाईको प्रतिक्रिया