२०८२ जेष्ठ २६

ललितपुर । आज दुई बजेका लागि बोलाइएको प्रतिनिधी सभाको बैठक अबरोध हटाई सुचारु गर्ने बिषयमा सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) बिच छलफल भइरहेको छ ।
छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।
प्रतिपक्षी दलहरूको बैठक लगत्तै दुई पार्टीका नेताहरूबिच बैठक सुरु भएको हो । प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको प्रतिबद्धता नआएसम्म सदन खोल्न नदिने अडानमा छन् । कांग्रेसले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सकेपछि अध्यागमनको काम कारबाहीबारे छानबिन समिति बनाउन सक्ने बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया