२०८२ फाल्गुन ६ | Feb 18, 2026

२ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेन

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २६
|
153 views

ललितपुर । २ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन् । विपक्षीको अवरोधका कारण जेठ १५ गतेयता बस्न नसकेको बैठक आजका लागि २ बजे बोलाइएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने अडान कायमै राखेको छ । नेपाली कांग्रेससँगको छलफलमा रास्वपाले छानबिन समितिको अडान यथावत् राखेको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) भने सदन खुलाउन सकारात्मक देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया