२०८२ भाद्र ६ | Aug 22, 2025

नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २६

ललितपुर । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको आरोपमा अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा अधिकारी सहित नारायणप्रसाद बराल, दानबहादुर कार्की, सुन्दरबहादुर बाँनिया, सन्तोष सुवेदी र लक्की खान भन्ने खुस नसिब अन्सारी बिरुद्ध मुद्धा दायर गरेको हो ।

अख्तियारले दायर गरेको मुद्दामा प्रतिवादीहरूसँग जनही ५० लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया