२०८२ भाद्र ६ | Aug 22, 2025

पाँचबुँदे प्रस्तावमा सत्तापक्षको धारणा माग्ने विपक्षी दलको निर्णय

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २८

ललितपुरं । विपक्षी दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तयार पारेको पाँचबुँदे प्रस्तावलाई संयुक्तरूपमा अपनत्व लिदै पाँचबुँदे प्रस्तावमा सत्तापक्षको धारणा माग्ने निर्णय गरेको छ । बुधबार नयाँबानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिनिधि सभाको बैठक बस्नुअघि संघीय संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको हो । बैठकमा बैठकमा माओवादीबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया