२०८२ फाल्गुन ६ | Feb 18, 2026

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २९
|
153 views

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको छ भने मतदान विद्युतीय मेसिनबाट हुनेछ।

२४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाले उम्मेदवारी दिएका छन्। एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन्।

यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिँदा महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलको उम्मेदवारी परेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया