|
|
२०८२ जेष्ठ २९
510 views
ललितपुर । राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित मिलन चाम्स निर्देशित २०८१ सालको सुपरहिट चलचित्र ‘अञ्जिला’ प्रदर्शनको १०० दिन नजिक पुग्दा मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले आज बिहीबार देखी १०० रुपैयाँ शुल्कमा देखाउन थालेको छ ।
२९ फागुनमा रिलिज भएको चलचित्र ‘अञ्जिला’ चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा चलिरहेको छ । बिहीबार यो चलचित्रको ३ शो तय भएको छ । निर्माता प्रेमकुमार श्रेष्ठले चलिरहेका अन्य हलमा पनि १०० रुपैयाँमा चलचित्र देखाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
बक्स अफिसमा अहिलेसम्म ‘अञ्जिला’ले ८ करोड ८४ लाख ग्रस कमाइ गरेको छ । चलचित्रमा एन्जिला आफैले शीर्ष भूमिका निर्वाह गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठको अभिनय छ ।
अघिल्लो महिना प्रदर्शनको ५१ औँ दिन पार गरेको अवसरमा सशस्त्र प्रहरी बल हल्चोकमा विशेष कार्यक्रम गरिएको थियो ।
चलचित्रको ‘यो देशको झण्डा’ बोलको विषयगत गीत थिम संङग प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । हरि लम्सालको सङ्गीत र गायिका बबिना किराँतीको स्वरमा रहेको गीतलाई निकै ऊर्जाशील र प्रेरणादायी छ । निर्देशक चाम्सले उक्त गीत खेलकुद क्षेत्रमा विशेष भएकोले अबदेखि हरेक खेल हुँदा स्टेडियममा यो गीत गुन्जिनु पर्ने बताउँदै आएका छन् । यसले राष्ट्र खेलाडी र खेलकुद बोकेकोले यो नेपालको लागि स्पोट्र्स एन्थम भएको उनको भनाई छ ।
एन्फाले नै यो गीतलाई स्पोट्र्स एन्थमको लागि पहल गर्नु पर्ने निर्देशक चाम्सको आग्रह छ । चलचित्रको रात किन हुन्छ हजुर बोलको अर्को गीत पनि हिट भएको छ । गीतमा थानेस्वर गौतम र शान्तिश्री परियारको स्वर प्रभा बर्तौलाको शब्द र गौतमकै सङ्गीत रहेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया