२०८२ जेष्ठ २९

ललितपुर । काठमाडौं महानगरपालिकाको कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीगर्दै अधिवक्ता युवराज सफलले महानगरका मेयर बालेन शाहविरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।
लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा (११ बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिनाप्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएको उनको आरोप छ ।
उजुरीमा महानगरले जोडेको नयाँ लिफ्टसम्बन्धी सबै कागजात झिकाएर छानबिन गर्न माग गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया