२०८२ भाद्र ६ | Aug 22, 2025

लण्डन जाँदै गरेको दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा नेपालीहरु यात्रामा थिएनन् – जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २९

ललितपुर । चालक दलका सदस्यसहित २४२ जना यात्रु लिएर लण्डन जाँदै गरेको भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा नेपालीहरु यात्रामा नरहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

जहाजमा १६९ भारतीय नागरिक ५३ जना बेलायती नागरिक पोर्चुगा नागरिक र एक जना क्यानडेली नागरिक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो । जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

एयर इन्डियाको विमान दुर्घटना भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री रममोहन नायडूसँग टेलिफोनमा कुरा गरेका छन् । विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । अर्को सूचना नभएसम्म सबै उडानहरू निलम्बित रहनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया