
ललितपुर । संसद्को गतिरोध अन्त्यका लागि आज प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । संसद्को बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् । विहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबीच साझा धारणा बनाउनका संसद बैठक बस्नु अघि विपक्षी दलहरुको बैठक बोलाइको हो । यो बैठक पछि सत्तापक्षसँग छलफल हुने जानकारी सचेतक पाण्डेले गराए । उनले भने, ‘पहिले हामी विपक्षी दलहरूबिच छलफल गरेर साझा धारणा बनाउँछौँ । त्यस लगत्तै हामी सत्तापक्षसँग छलफल गर्छौँ ।
यसअघि बिहीबार माओवादीले नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेर सत्तापक्षसँग छलफल गरेको थियो तर सहमति हुन सकेको थिएन । सत्तापक्ष र प्रतिपक्षका नेताहरूबीच शुक्रबारसम्म सहमति भए मिलन बिन्दुमा पुग्न सकिने धारणा सचेतक पाण्डले राखेका छन् ।
विहीबार पनि भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै विपक्षी दलहरुले संसद अवरुद्ध पारे । विपक्षीको विरोधपछि सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसो १ बजे बस्ने गरी संसद् बैठक स्थगित गरेका थिए । गृहमन्त्री लेखकको राजीनामबाट पछाडि हटे पनि भिजिट भिसा प्रकरणमा उनीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेर संसद अवरुद्ध गर्दै आएका छन् ।
जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणकै कारण अहिलेसम्म संवदको अवरोध हट्न सकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया