
ललितपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले अहिलेको आवश्यकता आधारमा आफूहरूले सत्तापक्षसँग सहमति गरेको तर अहिलेको सहमति र सापकोटाको विषय सम्बन्धित नै नरहेको जिकिर गरेका छन् ।
शनिबार विराटनगरमा सञ्चारकर्मीसँको कुराकानीका क्रममा प्रचण्डले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्र सम्बन्धित नरहेको बताउदै सत्तापक्षसँगको सहमतिलाई पार्टीका उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग जोडिएकोप्रति आपत्ति जनाएका हुन् । भिसिज भिसा काण्ड र अग्नि सापकोटाको कुनै साइनो नभएको भन्दै उनले बाहिर वाइयात कुराहरु प्रचार गरेको भन्दै गुनासो गरे ।
प्रचण्डले सदन खोल्न जनाएको सहमतिका बारेमा कार्यकर्ताले नबुझेर विरोध गरेको बताए । प्रचण्डले सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने पनि बताए । उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमतिमा जानुपरेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया