२०८२ भाद्र ६ | Aug 22, 2025

हरिसिद्धिमा जल: आँखा तथा कान उपचार केन्द्रको शुभारम्भ (भिडियो )

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ३१

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिमा आज देखि जल : आँखा तथा कान उपचार केन्द्र सञ्चालनमा आएको छ ।
उपचार केन्द्रको उद्घाटन गर्दै प्रमुख अतिथि ललितपुर महानगर पालिकाका प्रमुख चिरीवावु महर्जनले यो काम उदाहरणीय भएको र केन्द्र टिकाउ हुने आफ्नो ठम्याई रहेको बताए । उनले दुई वडाका अध्यक्षहरूलाई राम श्याम जस्तो मिल्ने जोडी सँग तुलना गर्दै वडा नम्बर २८का अध्यक्ष वीरेन्द्र महर्जन र २९ का अध्यक्ष गणेशकुमार महर्जन मिलेर गरेको जे काम पनि नमुना योग्य र सफल हुने भन्दै प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै २९ नम्बर वडाका अध्यक्ष गणेश कुमार महर्जनले चरणबद्ध रूपमा गरिएको प्रयासले मूर्त रूप लिएको भन्दै खुसी व्यक्त गरे । उनले यस केन्द्र स्थापनाका लागि सघाउने सबै प्रति आभार प्रकट गरे ।
उनले अब देखि हरिसिद्धि क्षेत्र, यसका आसपासका क्षेत्रका साथै पुरै ललितपुर महानगरपालिकाका बासिन्दाहरूलाई आँखा तथा कान उपचारको लागि निकै सहज हुने विश्वास व्यक्त गरे ।

ललितपुर महानगरपालिका, वडा नं. २९ र नेपाल नेत्र ज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल, लहानबिच गत वर्ष भएको सम्झौता अनुसार ललितपुर महानगरपालिका, २९ नं. वडामा उक्त आँखा तथा कान उपचार केन्द्र सञ्चालन आएको हो ।
उद्घाटन पछि आँखा तथा कान उपचार केन्द्रबाट नियमित सेवाहरूको सुरुवात भएका छन् । उपचार केन्द्र सञ्चालनको लागि आवश्यक जनशक्ति तथा उपकरण सगरमाथा चौधरी आँखा अस्पतालले उपलब्ध गराएको छ । उपचार केन्द्रमा आँखा तथा कानका विभिन्न रोगहरूको जाँच, परामर्श उपचार साथै औषधि तथा चश्मा सुपथ मूल्यमा उपलब्ध छ । त्यसै गरी मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको पर्दाको जाँच, आँखाको प्रेसर तथा नली जाँच, मोतीबिन्दु तथा जल बिन्दु भएका बिरामीलाई जाँच गरी परामर्श दिने र आवश्यकता अनुसार समय–समयमा आँखाको शिविर सञ्चालन तथा शल्य चिकित्सा सेवा समेत प्रदान गर्ने वडा कार्यालयले जनाएको छ ।    ( भिडियो बिजनेस पाटी प्रतिनिधि विएस पौडेल )

फेसबुकबाट तपाईको प्रतिक्रिया