२०८२ भाद्र ६ | Aug 22, 2025

क्रियाशील सबै सदस्यबाट सभापति चुन्ने व्यवस्था गुटबन्दी अन्त्य गर्ने अचुक अस्त्र : महामन्त्री थापा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ३१

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गुटबन्दी अन्यका लागि क्रियाशील सबै सदस्यबाट सभापति चुन्ने व्यवस्था अचुक अस्त्र रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसमा अहिले ८ लाख ६६ हजार क्रियाशील सदस्य रहेको भन्दै नयाँ थप्दा १२ लाख पुगेपनि सबैले सभापति चुन्न पाउने गरी जानुपर्ने बताए ।

अहिले क्रियाशील सदस्यबाट प्रतिनिधि हुँदै महाधिवेशनसम्म पुग्दा सीमित व्यक्तिले सभापति छान्दा गुटको समस्या देखिएको भन्दै उनले पार्टीको गुटबन्दी खत्तम गर्ने एउटा अचुक अस्त्र भनेको नेपाली कांग्रेसका करिव १२ लाख मान्छेले कांग्रेसको सभापति छान्ने व्यवस्था भएको प्रस्ताव गरे ।
यस्तै उनले उनले पार्टीको महाधिवेशन ०८३ मंसिर भन्दा अगाडि नै हुने दाबी गरे । ०८४ को चुनावपछि अधिवेशन हुन्छ भन्ने आशङ्का छ भने त्यो भ्रमबाट निस्कन आग्रह गर्दै थापाले पार्टी सभापति शेरबहादुर देउवा, शेखर कोइराला, शशाङ्क कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भनेपनि अदालतले देखाइदिने भन्दै रोक्न नमिल्ने बताए ।

महामन्त्री थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएको त्यसको भारी पार्टीले नबोक्ने पनि बताए । उनले व्यक्ति चुकेपनि पार्टी चुक्न नहुने बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका काँग्रेस नेता प्रदीप पौडेलले राजनीतिक दलहरूले सकारात्मक सन्देश दिन सके मात्रै लोकप्रिय बनिने बताए ।

मन्त्री पौडेलले आज सानो त्रुटिले मात्रै पनि निर्वाचनमा जनमत र पार्टीको लोकप्रियता घट्ने अवस्था रहेको बताए भन्दै यसबारेमा नेतृत्व गम्भीर बन्न नसकेको भनाई राखे । अहिलेको समय प्रविधिकरणको भएकाले भौतिक रूपमा भेटेरै सबै कुरा गर्नुपर्छ भन्ने नरहेको पनि उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया