|
|
२०८२ असार २
408 views
ललितपुर । आज साताको दोस्रो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेर बन्द भएको छ।
आइतबार ०.४७ अंक बढेर २६५५.८५ विन्दुमा बन्द भएको नेप्से, सोमबार भने सोही सेसनमा ३.६७ अंक घटेर २६५२.१८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७० अंक घटेको छ।
आजको प्रि ओपन सेसनमा ५३ स्टकको १५१ पटकको कारोबारमा १५ करोड ३६ लाख ६ हजार ३९२ रुपैयाँ ४० पैसाबराबरको २ लाख ३६ हजार ८२१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।















फेसबुकबाट तपाईको प्रतिक्रिया