२०८२ भाद्र ९ | Aug 25, 2025

एयर इन्डियाको विमानमा किन आउँदैछ समस्या ? हङकङबाट दिल्लीका लागि उडेको अर्को विमानमा प्राविधिक गडबडी

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २

हङकङ । हङकङबाट दिल्लीका लागि उडेको भारतीय वायु सेवा प्रदायक कम्पनी एयर इन्डियाको विमान पुनः हङकङ नै फर्किएको छ । आकाशमा उडिरहेको समयमा एयर इन्डियाको एआई ३१५ मा एकाएक समस्या देखिएपछि विमान पुनः हङकङतर्फ फर्काइएको हो । विमानमा प्राविधिक समस्या आएको भन्दै पाइलटले उडानलाई आफ्नो मूल गन्तव्यतिर फर्काएको बताइएको छ ।

उडानमा प्रयोग भएको विमान बोइङ ७८७–८ ड्रीमलाइनर थियो । यात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर विमान फर्काइएको बताइएको छ । इयर इन्डियाले यस घटनाबारे आधिकारिक विज्ञप्ति भने जारी गरिसकेको छैन । विमान हङकङबाट दिल्लीका लागि उडेको थियो । यस घटनाबारे अरू जानकारी आएको छैन ।

चार दिन अघिमात्र अहमदावाद विमानस्थलबाट लन्डन गइरहेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर उडेको ३० सेकेन्डमै अहमदावादमा दुर्घटनाग्रस्त हँुदा विमानमा सवार २४१ जना र विमान ठोक्किएको स्थानमा २९ जना गरी जम्मा २७० जनाको ज्यान गएको थियो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement