२०८२ फाल्गुन ६ | Feb 18, 2026

एन आइ सी एशिया लघुवित्तद्वारा देशभर ३,४४५ जनालाई वित्तीय साक्षरता प्रदान

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २
|
102 views

ललितपुर ।  एन आइ सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभर व्यापक वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले जेठ १७ गतेदेखि ३१ गतेसम्म सातै प्रदेशका विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रम अन्तर्गत कोशी प्रदेशका ८ शाखामा ४६५ जना, मधेश प्रदेशका ८ शाखामा ४६० जना, बागमती प्रदेशका ७ शाखामा ४३० जना, गण्डकी प्रदेशका ७ शाखामा ३९० जना, लुम्बिनी प्रदेशका ९ शाखामा ६९५ जना, कर्णाली प्रदेशका ८ शाखामा ४०० जना, र सुदूरपश्चिम प्रदेशका ८ शाखामा ६०५ जना गरी कुल ३,४४५ जना सदस्यले प्रत्यक्ष रूपमा लाभ उठाएका छन्।

लघुवित्तले ग्रामिण तथा विपन्न वर्गका व्यक्तिहरूलाई वित्तीय पहुँचमा सहजता ल्याउन र आर्थिक रूपले सशक्त बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

कार्यक्रममा संस्थाका विभिन्न तहका कर्मचारीहरूसँगै स्थानीय लब्धप्रतिष्ठित व्यक्तिहरूले सहभागि सदस्यहरूलाई वित्तीय ज्ञान, बचत, लगानी, ऋण व्यवस्थापन, बीमा लगायतका विषयमा जानकारी दिएका थिए।

साथै, संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समय–समयमा पशुपालन, लघु उद्यम, आधुनिक कृषि जस्ता आयमूलक तालिमहरू पनि सञ्चालन गर्दै आएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया