२०८२ भाद्र ६ | Aug 22, 2025

धवलशमशेर राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २

ललितपुर ।  चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाविरुद्धको राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजनमा ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको हो । राणा सोमबार बिहानै अदालतमा उपस्थित भएपछि आजै उनको बयान गरिएको थियो ।

यसअघि प्रहरीले अनुसन्धान पूरा गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचारका लागि रिहा भएका राणा मुद्दा दायर भएपछि फरार रहेका थिए । अर्का आरोपी राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै सम्पर्कबाहिर छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया