२०८२ भाद्र ६ | Aug 22, 2025

आफ्ना नागरिकलाई जतिसक्दो चाँडो इजरायल छाड्न चीनको आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३

इजरायल । इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो इजरायल छोड्न आग्रह गरेको छ।

इजरायल–इरान द्वन्द्व बढ्दै गएका कारण आफ्ना नागरिकको सुरक्षालाई मध्यनजर राख्दै चीनले जतिसक्दो चाँडो इजरायल छाड्न अपील गरेको हो । युद्धका कारण इजरायली हवाई क्षेत्र बन्द भएकाले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई भूमि सीमा नाकाबाट इजरायल भनेको छ ।

हिजो (सोमबार) एक सूचना जारी गदैै चिनियाँ दूतावासले चीनका जनतालाई जोर्डन हुँदै देश छोड्न अपील गरेको छ। इजरायल–इरान द्वन्द्व बढ्दै गएको, नागरिक सुविधाहरूमा क्षति पुर्‍याउने र नागरिक हताहतको संख्या बढ्दै गएको उल्लेख गरिएको छ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले सम्बन्धित इजरायली सरकारी विभागहरूले जोर्डन र इजिप्टसँगको इजरायलको सिमाना खुला रहने पुष्टि गरेका छन्। एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया