
ललितपुर। प्रतिनिधिसभा बैठक आघा घण्टा सम्मका लागि स्थगित भएको छ । मंगलबार बैठक सुरु हुना साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन लगाएर संसद् भवनमा पुगेका थिए । उनीहरूका अनुसार मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ ।
इस अघि आजै भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले निरन्तर सदन अवरोध गरेपछि सभामुखले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए । सदन बस्नुअघि सभामुख र गृहमन्त्रीबीच भेटपार्ता भएको हो ।
भेटमा माओवादीसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया