२०८२ भाद्र ६ | Aug 22, 2025

जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै कारबाही गर्न सभामुखको ध्यानाकर्षण

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३

ललितपुर । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका रास्वपा सांसदहरूलाई चेतावनी र संसद्ंबाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको नियमावली पल्टाउँदै उनले रास्वपा सांसदहरूले अभद्र व्यवहार देखाएको टिप्पणी गरेका हुन् ।
घिमिरेले बोल्दा रास्वपाका सांसदहरूले वेल घेराउ गरेर गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै नाराबाजी गरेका थिए ।

रास्वपाले भिजिट भिसाको आवरणमा मानव तस्करी हुँदा समेत सरकार मौन बनेको आरोप लगाएको छ ।
घिमिरे बोल्नु अघि प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद चन्दा भण्डारी कार्कीले ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएकाले छानबिन हुनुपर्ने बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया