२०८२ भाद्र ७ | Aug 23, 2025

ग्लोबल आइएमई बैंकमा भयो अनलाईन ठगी

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ५

ललितपुर । ग्लोबल आईएमई बैंकको प्रतिनि भएको झुठो दावी गर्दै केही व्यक्तिहरुले ग्राहकलाई गठी गरेको पाइएको छ ।  बैंकको नाम र लोगो प्रयोग गरी सर्वसाधारणलाई झुक्याएर अनलाईन मार्फत् ठगी गरेको खुलेको छ। अनलाईन ठगी गर्नेले ग्लोबल आइएमई बैंकको लोगो र ग्लोबल आइएमई बैंक कमलादी शाखाको जस्तै जिमेल प्रयोग गरेर ठगी गर्ने गरेको पाइएको हो।

आफू यसरी ठगीमा परेको र बैंकको नाम र लोगो दुरुपयोग गर्दै आफ्ना ग्राहकलाई ठग्ने गरेको सूचना पाउनासाथ बैंकले उक्त ठगीमा प्रयोग भएको नम्बर र जिमेल सहित सार्वजनिक गरेर समस्त ग्राहकवर्गलाई यस्ता गठीकाबाट जोगिन आग्रह गरेको छ ।

विगत केही समयदेखि बैंककै लोगो र जिमेल राखेर बैंककै प्रतिनिधि वा कर्मचारी भएको नक्कल गर्दै ओटीपी, पिन, सीभीभी, पासवर्ड आदि मागेर खातामा अनधिकृत पहुँच बनाएर खाताबाट रकम चोरी गर्ने घटना बढ्दै गइरहेको छ।

कतिपयले त ग्राहकलाई निश्चित सयमभित्र खाता भेरिफाई नगरेमा खाता नै बन्द हुने भन्दै डरत्रास देखाएर खाता सम्बन्धी सम्पूर्ण व्यक्तिगत विवरण मागेर रकम चोरी गर्ने गरेको खुलेको छ ।

यस घटनापश्चात बैंकले एक सूचना जारी गर्दै ग्लोबल आईएमई बैंकले कहिल्यै पनि ग्राहकको व्यक्तिगत विवरण नमाग्ने र कसैले मागे बैंकलाई तुरुन्त खबर गर्न ग्राहकलाई आग्रह गरेको छ । कुनै पनि व्यक्तिले व्यक्तिगत विवरण जस्तैः पासवर्ड, पिन कोड, ओटीपी लगायतका विवरण मागे समेत बैंकले सचेत गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया