२०८२ आश्विन १६ | Oct 02, 2025

राप्रपाले गर्‍यो आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ५
|
102 views

ललितपुर । भिजिट भिसामा छानबिन समिति गठनको माग राख्दै संसदमा अवरोध सृजना गर्दै आएको प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।

यसअघि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभए आफ्नो पार्टीले आजको बैठक पनि बहिस्कार गर्ने बताएका थिए ।

सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए । विरोधका बीच पनि संसद बैठक भने जारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया