२०८२ भाद्र ७ | Aug 23, 2025

अहिलेको बजेट नेतामुखी र मन्त्रीमुखी भएको भन्दै सांसद थापाले च्याते बजेट पुस्तिका

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ५

ललितपुर। नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट नेतामुखी र मन्त्रीमुखी मात्र भएको भन्दै संसद बैठकमै बजेट पुस्तिका च्यातेका छन् । उनले आगामी आर्थिक वर्षको बजेटले धेरै ठाउँका जनतालाई सम्बोधन गर्न नसकेको संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् ।

उनले भने, “खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न सकेको छैन”, यो बजेट नेतामुखी र मन्त्रीमुखी भएको छ” उनले भने ।

आगामी आर्थिक वर्षको बजेटले साँच्चिकै जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति मागेर च्यातेको छु,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया