२०८२ आश्विन १६ | Oct 02, 2025

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसुचीबाट हटाइयो

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ६
|
51 views

ललितपुर। प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसद बैठकमा विरोध जारी राखेपछि प्रनिनिधिसभा बैठकमा प्रधानमनत्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको छ । प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेपनि रास्वपाले अवरोध जनाए पछि प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी सभामुखले गराएका छन् ।

आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम भए पनि रास्वपाको विरोध र होहल्लाबीच प्रश्नोत्तर कार्यक्रम गर्न उचित नभएको भन्दै सभामुख देवराज घिमिरेले विशेष कारण प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसुचीबाट हटाएको घोषणा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया