२०८२ भाद्र ६ | Aug 22, 2025

विरोध प्रदर्शनपछि संसदबाट बाहिरियो राप्रपा, सँगै निस्कियो रास्वपा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ६

ललितपुर। प्रतिनिधि सभाको आजको बैठकमा विरोध प्रदर्शनपछि राप्रपा बैठक कक्षबाट बाहिरिएपछि रास्वपा पनि सँगै निस्किएको छ । आजको प्रतिनिधि सभाको बैठक औपचारिक रुपमा सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु होहल्ला गर्दै उठेर विरोध प्रदर्शन गरेका थिए ।

बैठकमा होहल्ला र नाराबाजी भए पश्चात् सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरेका थिए । तर रास्वपा र राप्रपाका सांसदहरुले विरोध जारी नै राखेपछि सभामुख देवराज घिमिरेले होहल्लाका बीच पनि मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे ।

सभामुखले प्रधानमन्त्रीसँगको प्रतयक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइए पनि बजेटमाथिको छलफल जारी राख्ने भनेपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया