२०८२ भाद्र ६ | Aug 22, 2025

खनाल , नेपालपछि ‘विप्लव’ गरे ‘प्रचण्ड’ संग भेटवार्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ७

ललितपुर । शुक्रबार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र आज अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका छन् ।

महासचिव विप्लव अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

आजको भेटमा दुई नेताबिच पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता, समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

छलफलमा महासचिव विप्लवले दुई पार्टीबिच तत्काल एकताको सम्भावना नरहे पनि विभिन्न मोर्चामा सहकार्य गरेर अघि बढ्न सकिने बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया