|
|
२०८२ असार ९
255 views
ललितपुर । आज साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २।६६ अंकले बढेर बन्द भएको छ।
आइतबार अर्थात् अघिल्लो कारोबार दिन ३२.९३ अंक घटेर २५९५.९७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६४ अंक बढेर २५९८.६२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६६ अंक बढेको छ।
आजका् प्रि ओपन सेसनमा ३४ स्टकको ८९ पटकको कारोबारमा २ करोड ७५ लाख ७० हजार ६७३ रुपैयाँबराबरको ५४ हजार ३० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।















फेसबुकबाट तपाईको प्रतिक्रिया