२०८२ असार ९

ललितपुर । नेकपा एमालेले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप लगाएको छ । सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न कार्यसूची छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सांसदहरुका लागि जारी गरैको सूचनामा ‘असार १० गते को बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ’, भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया