२०८२ भाद्र ७ | Aug 23, 2025

टेबलटेनिस टोली उज्वेकिस्तान जाँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १०

ललितपुर ।  एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन छ खेलाडीसहित आठ सदस्यीय नेपाली टोली उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ ।
यही असार १२ देखि १८ गतेसम्म हुने उक्त प्रतियोगितामा समान ३÷३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् ।
टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास बासुकला रहनुभएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आज आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिदै बिदाइ गरे । टोली भोलि उज्वेकिस्तान प्रस्थान गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया