प्रि ओपन सेसन अपडेटः झिनो अंक बढ्यो नेप्से

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ११
|
459 views

ललितपुर - ललितपुर । आजको (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ।

मंगलबार अर्थात् अघिल्लो कारोबार दिन ०.२२ अंक घटेर २६००.५३ विन्दुमा बन्द भएको नेप्से, बुधबार भने सोही सेसनमा ०.५६ अंक बढेर २६०१.१० विन्दुमा पुगेको छ। आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा २९ स्टकको ५२ पटकको कारोबारमा ५६ लाख ६ हजार ९१६ रुपैयाँ ५० पैसाबराबरको १५ हजार ८८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ११ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 पात्रो/राशिफल  रेडियो YouTube